आसू
मात्र कि हाँसो
पनि
दिदीको
घर टाढा थियो । करिब ५
घण्टाको बाटो थियो २ वटा खोला तर्नु पर्ने थियो । म ६३० बजेनै खाना खाएर हिडेकी थिए । एउटा खोला
तरिसको थिए । विहान पानी परेको थियो, ओत नहुनाले खुब भिजियो । तर समय त्यति जाडीको
गाने थिएन । फागुनको महिना थियो । फागुनको महिनाम आधाआधी भइसकेको थियो । फागुनको समय
विवाहको लागि पनि उपयुक्त हुनाले, कतथे
वाजाका रमाइला र आनन्द लाग्ने आवाज वाटोमा सुन्न पाएको थिए। म करेल ४ घण्टा जति
हिडीसकेको थिए । मलाई थकाइ लागेको हुनाले एउटा खोलाको ठूलो ढुङ्गामा बिश्राम गरे।मैले
करिव आधि घण्टी विश्राम गरेको थिए। तै पनि आधा घण्टा धैरे नै छोटो लाग्ने र एक मिनेट
पनि नभए जस्तो हुन्थ्यो । छिटो छिटो हिडेको खण्डमा अझै १ घण्टा जति लाग्थ्यो, घर
पुग्न ।
आनन्द
मानेर वस्दा बस्दै एक्कासी एउटा आवाजले कानमा रनको लाग्यो । आबाज यस्तो थियो “बचाओ।,
मलाई बचाओ” । मैले हँ भन्दै यता उती हेरे ।
देखिन । अलि परबाट आवाज आएको देखेर त्यहि गए। खालो ठूलो लागेन त्यसैले म खोलोमा पसिहाले
। त्यो ठाउमा गहिरो हुनाले पौडि खेल्नु पन्यो । मैले खोलाबाट उतारेर किनारमा ल्याए
तर खासै पिडा भएन । त्यो एउटी युवतीको आवाज थियो । उनी १६-१७ वर्षकी थिइन मेरो मनमा
अनेकौ कुरा खेल्न थाले । उनलाई किनारामा ल्याएर पल्टाए । पेट भित्र पानी छकी भनी
पेट मिचरे तर खासै पानी थिएन । उललाई यदि आराम गर्न दिएर म ढुङ्गामा गएर वसे ।मनले
एकोहोरो सोचिरह्यो । उनको वारेमा सोच्यो । घरि घरि मेले के सोचेको छु अलमलमा
हुन्थे उनी खास धेरै बेर खोलामा नपरेकी हुदा त्यति धेरै असर परेको थिएन । म चाँही
फेरि धेरे विचार खेलाउँदै थिए। मैले उनको बारेमा सोध खोज पनि गरेको थिईन । घरि घरि
उनी तिर हेर्दा आराम गरेको देखदथे । तर पछिल्लो पटक, हेरेको घटना म गम्भिर थिए
एक्कासी केटीको केही नवुझ्ने आवज सुने, अनी मैले त्यता हेरे ।
मुहारमा
मुस्कान हुदाँ हुदै, खुसि नुभएको बेला पनि, खुसि छ की भन्ने भान हुन्थ्यो । तै पनि
आँखा- आँखामा देखिएर मोतीझै टल्केका आसुले मुस्कान पनि छाँयामा पारेको भान
हुन्थ्यो हुन थाल्यो । एक छिन फेरि विचार गरेर, पनि एकछिन अलमलमा परे जस्तो भयो ।
मैले हेरेको हेरै भए । आँखा झिम्किन सकेनन्
नियन्त्रण बाहिर गएको भान हुन्थ्यो । त्यसैले तथ आखाले ती दुई आँखा एक नजरले
हेरिरहे । दिनको १२:00 वजेर बढी भई सकेको थियो । खोलाको किनार हुनाले खोलाको
आवाजले नजिकै भएका मानिसको आवाज पनि सुन्न गार्हो हुन्थ्यो । सिर- सिर हावा चलेकोले
नै होकी कपाल फर फर थियो ओडेको पछ्यौरी बाट केही पानीका कण झरेको भए पनि हावाले
पछ्यौउरी पनि लैजान कोसिस गरेको जस्तो हुन्थ्यो।घाम राम्रो लागेको थियो । विहान केहि
बेर मत्र ठूलो पानी परेको थियो । पानी रोकिए
छि केवल एक घण्टा मात्र भएको होला, घाम लागेको । मानिसको त्यति आवतजावत नभएकोले
ठाँउ सुनसान थियो चराचुरुङ्गीको मधुर सुन्न पाइन्थ्यो ।
खोलाको
वरीपरी दुवैतिर डाँडा थिए । रुखहरु प्रशस्त भएको हुनाले ठाँउ हरियाली थियो । माथी डाँडामा रहेका केही घरहरुका
टिनहरू टल्केर आँखाम प्रकाश पारेर हेर्न अप्ठयारो भएको जस्तो हुन्थ्यो । डाँडाको
माथिको शिरमा एउटा ठूलो चिल उडेर आएर बस्यो। आफ्ना बच्चा र आफ्नो सुरक्षाका लागि
त्या नजिकका चराहरू सबै उडेर हाम्रो नजिक हुदै अली टाढा आफ्नो जीवनको सुरक्षाका
निमिक्त गए । खोलाको पानी सुसाएर बगेको हेरेर वसिरहे । उनका कपड़ा पनि अव ओभाइसके
भएपनि जाडोले अली-अली कामेको प्रष्ट देख्न सकिन्थ्यो। तर मी सवै कुरामा हा गएको
थिएन । केवल मेरा आँखामा उनको आँखा तिर मात्र हेरि रहेका थिए भनौ आँखा जुदेका थिए।
यो क्रम जारी रहेको बेलामा खोलाको अली माथी खेतमा चरेको भैसिले किच्दा खसेको ढुङ्गा
खोलामा खसेरा ठूलो आवाज आयो दुबै जना झसङ्ग भई दुबैको मुखबाट 'हँ'' भन्ने आवाज आयो
। अनि हाँसो उठ्यो तर धेरै बेर रहेन । केहि छिनमा गम्भिरता ढल्क्यो । अब मैले मुख
खोल्ने मौका पाए । कुरा बुझ्दा यस्तो रहेछ। खासमा उनी करिब १६-१७ बर्षकै नै
उन्थ्यो । उनलाई वास्तविक नाम, थर र घरको ठेगाना थिएन । कुरा के भन्दा उनी खोला
भन्दा ४-५ घण्टा टाँढा उत्तर तिर बस्थि रहिछन् । सानै देखिनै त्यहि वसेकी हुनाले उनलाई त्यहि ठाउ जन्मथलो जस्तो
लाग्यो । त्यहाँ उनले दुई बुढाबुढीको स्याहार गरेर वस्थिन रहिछन् । पढ्न पनि
अलि-अलि जानेकी उनलाई कडा केबल उगलाई माया गरे १२ वर्षजति पालेका थिए । पछि उनलाई
कुरा पत्ता लाग्यो त्यति मात्र होइन, तिनीहरूको नभएको छोरी थाहा पाइन । आफु एक दिन
उनको घरमा त्यहाँको साहु मानेकाले छोरी माग्न भनेर आएका थिए । त्यो बेलानै यी सबै कुरा खोलेका थिए ।
बुझ्ने हुनाले बुझिन । उनका बा आमा संसारमा थिएनन् । उनकी एउटी दिदी थिइन् ।बाबु आमा
दुवैको मृत्यु भएपछि ती दुई छोरी हरुको बेहाल भएको थियो । दुबै बाबु आमा एक महिनाको अन्तरमा संसारबाट बिदा भएका थिए। त्यसैले
तिनिहरुको स्याहार, छिमिकीले गरेका थिए । त्यतिबेला दिदी ७ बर्षकी थिईन उनलाई
सहरको एक मानिसले लगेको थियो । भने उनलाई त्यहि बुढाबुढीले आफ्ना सन्तान नभएको भन्दै
ल्याएका थिए । उनको पहिलाको गाउ धेरै टाढा थियो । उनलाई पालेका बुढाबुढीले उनलाई धेरै
टाढा बाट ल्याएका थिए । बुढाले गोरु किन्न जाँदा त्यस्तो अवस्थामा देखेपछि ल्याएका
थिए । तर उक्त बुढालाई पनि वास्तविक नाम थाहाँ थिएन तर उनलाई एकदमै माया गरेर
पालेका थिए । उनलाई सुनमाया भनेर बोलाउन थाले र गाँउमा पनि चिनिईन । उनलाई यस्तो
कुरा त्यो घरमा केही पनि गरेका थिएनन् र मायाले पालेका थिए। तर एक दिन उक्त मालिक
सँग यो सबै कुरा खोले । जुनकुरा लुकेर उनले सुनिन । उनको विवाह गर्न आएको या मालिकसँग
विवाह गर्न मन्जुर दिए । विवाह गर्न नचाहेकी
उनिले सबै कुरा सुन्दा मनमा असह्य भयो । त्यति मात्र होईन , उनले विवाह अस्विकार्य
गर्दा बाबुआले नराम्रोसँग गाली गरे । बाबुआमाले यो कारणले पानी गाली गरेकी, आफ्नो
गोप्य कुरा पनि खोलिएकोमा । त्यति माया गर्ने बाबुआमाले गाली गरेपछि र ति कुरा
सुनेपछि उनलाई घरमा वस्न मन नि रहेन र उनी एक सुरे बनेर कसैले थाहा नपाउने तरिकाले
बिहानै ४ बजे घर र गाँउ छोडेर हिडिन । केही कसलाई नभनीकन, हिडेकी उनी त्यहि ठाँउमा
थाकेर बसेकी रहिछन । त्यतिकैमा खुट्टा चिप्लर खोलामा परेकी रहिछन ।
यति
कुरा गर्दा गर्दै करिव २:00 बज्यो ।भोक लाग्ने वेला भयो तर मलाई भोकले कुनै असर
गरेन । मेरो उनी प्रति एकदमै माया पकाएर आउन थाल्यो । म भावुक हुन थाले । अव मैले
कतै अन्त केही देखिन । उनलाई हेरिरहे मलाई धेरै कुरा गर्न मन लाग्थ्यो त मेरो स्वर
पनि लडवाड़न थाल्यो । त्यति साह भावुक भए। उनी भने बोलेकै थिईनन् । मैले केहि करा
गर्दा नि भावुक हुन्थे । तर मलाई यस्तो
भयो कि मेरा बोलेकी थिइन मैले केही कुरा गर्न थालानी गर्दा पनि भावुक हुन्थे । मैले मात्र के बोल्नु उनले पनि बोल्नु पर्छ
भन्ने लाग्थ्यो । एक जना गाई गोरु हेने मानिसले बोलेको सुनियो । “बोलाएको
सुनेनो। उसले आफ्नो गोरु त्यता आएको छ की ।“
त्यसपछि बल्ल अव घर जानु पर्छ भन्ने सोचाइ आयो । त्यसपछि उनलाई के गर्ने भन्ने
सोचाइ आयो । त्यो केहि छिन सोच्न नपाउँदै घरमानै जाँउ भन्ने निर्णय भयो । उनलाई
सोधिहाले। तर विचरा उनी मेरो कुरा नमान्ने कुरै थिएन अनी विस्तारै हिँड्न थालिन।
थकाइ पनि लागेको थियो । बाटो हिड्दै गर्दा मैले अरु कसैलाई देखिन केवल उनलाई मात्र
देखे | १ घण्टा लाग्ने वाटो विस्तारै हिड्दा ३ घण्टा लाग्यो । बरा
घरमा
पुग्दा, घरको चारैतिर पतका लगाएको थियो। मैले यो कुरा पनि परबाट देखे पनि याद गरेको थिइन। मैले सव कुछ
विर्सेको थिए। म कहाँ गएर आएको हुँ भन्ने पनि बिर्सेको थिए घर प्रवेश गर्ने ठाँउमा
मानिसहरू धेरै थिए । उनीहरूले खाडल खनेका थिए, बाँस काटेका, भाव बनाएका थिए। कराको
ल्याएका थिए। मलाई त्यो, देखेर अचम्म लागेको थियो उनीहरू मैले साथमा लगाएकीलाई एकदमै
नजर लगाएर हेरेका थिए। म त्यहाँ पुग्नासाथ मैले के गर्न लागेको भनेर सोधी हाले ।
उनीहरू एकजना ले के स्वागत गेट बनाउन लागेको भन्यो त्यो भन्दा पनि मलाई केहीकौ
ख्याल आएन फेरि के को लागि भनेर सोधे।अनि जबाफ आयो । हेरन अरुकैको के को लागि हुदो हो । विवाहको लागि । अव म अचम्म
कसको विवाहा भनेर सोधेछु । अनि सवै हाँसे, बौलाई क्या हो तेरो विवाह । मत एकदम
रनभनमा परे । अनि झसङ्ग झस्के, बल्ल होसमा आए जस्तो भए । हो त कस्तो बिर्सेको । म त्यहि बिबाहाको निम्तो
दिन दिदीको मा गएको थिए । हाँसो गरेको भनेर सबैलाई जबाफ फर्काए ।
अब
कुरा त्यो मात्र थिएन । मसँगै आएकी उनलाई के भनेर चिनाउने भन्ने थियो । मलाइ सोधेर ख्यापख्याप्ति पार्न थाले । कसै यहाँ
विवाहा यहाँ विवाह हुदै छ अर्की ल्यायो क्या भन्न थाले ।म अलमल परे । त्यसपछि सबै
कुरा भन्नु भन्दा साथी भन्दिदा राम्रो होला भनेर साथी भन्ने विचार गरे । तर केटी
साथीभन्दा मान्छेले नराम्रो 'दृष्टिकोणले हेर्छन । मेरो सोचाइ आयो। अनि फेरि सोचे,
पर्सी विवाह छ नराम्रो दृष्टिकोणले हेरेपनि हेरुन। तर कसरी साथी भनेर सोध्ने
गाँउले को बाली हैरान भएर कुरा टार्दै थुपुक्क घर भित्र गए । तर उनको बारेमा सोधे
पनि मैले आफ्नै शब्दमा कुरा मिलाएर ।
भोलिपल्ट कसार बटार्ने दिन । उनलाई मेरो विवाहको खबर थाहा पाएपछि उनी खिन्न हुन
थालिन। मैले सुरुमा केही वास्था नगरेपनि पछि मलाई पनि ख्याल आउन थाल्यो, मैले अर्कैलाई
विवाह गर्न पो लागेको तर मनमा चिन्ता लाग्न थाल्यो । त्यति विवाह गर्ने मन भएन तर
पनि विवाह गर्न मन्जुर भएकी केटीलाई छोड्नु उपयुक्त थिएन। मैले उनलाई विवाह नगरे पनि
साथ दिनु पर्छ भन्ने सोचाई आउन थाल्यो । मनमा पिडा भएपनि बाहिर विवाह प्रति खुसी
देखिए । घरमा विवाहाको रमझम एकदम थियो तर
मन हर्षित नहुनाले आफ्नो विवाहाको मज्जा मैले लिन सकिन । मलाई उनी प्रति माया वहदै गएको थियो तर पनि यसलाई दबागन धेरै कोशिस गर्थे । म उनिसँग
धेरै नजिक हुन खोज्थे तर मैले धेरै नजिक हुनु राम्रो थिएन किनकी यसले हाम्रो
सम्बन्ध रहेको कुरा दिन्थो र मैले विवाह गरेपछि पनि यस्तै कुरा भए, मेरो बिबाहा
पछि बुढीसँग सम्बन्ध राम्रो हुँदैन्थ्यो । त्यसैले एकदमै कोशिस गरेर टाढा टाढा हुन
खोजे। घरमा मलाई एकदमै विश्वास गर्छन त्यसैले त मैले उनलाई साथी भन्दा पनि विश्वास
गरे नत्र के गर्लान। मैले प्राय नढाट्ने हुदा म प्रतिको विश्वास बढ्दै गएको हो । मलाई त्यसरी केटिसँग
हिड्छ र प्रेम ग्रछ भन्ने कुरामा विश्चास पनि गर्दैनन् । मैले उता विवाहा को निर्णय
नगरेको भए म उनलाई विवाहा गर्ने थिए। तर जे भएपनि कुरा सहनै पर्यो । हाम्रो घर अलि
धनी छ । मान, मर्यादा एक दमै चल्छ । शहर
पनि धेरै टाढा पर्दैन । त्यसैले राम्रो ठाउमै छ ।
'मेरो
विवाहको दिन आयो । सबै उत्साहामा थिए । तैपनि
आफु त्यति खुसी थिइन । सबैको खुसिमा म पनि खुसि देखिए । सबै जन्त जान हिडे । अब मैले उनलाई घरमा छाड्ने निर्णय गरिन । मैले
सँगै लैजाने निर्णय गरे । त्यो बेलाको
समाजमा केटीलाई जन्त लजाने भन्दैनन्थ्यो । तै पनि कर गरेर लैजाने निर्णय गर्यौ । हामी
दुलहीको घरमा प्रस्थान गर्यौ ।
दुलहीको
घर झकिझकाउ थियो । घर शहरमा थियो । उनी मेरो साथमा थिईन । किनकी अरुले त उनलाई
चिनेका पनि थिएनन् । उनले जिस्काउथिन तर जिस्काइ पनि मलाई प्रेमनै लाग्थ्यो। म
भावुकनै थिए । घरमा पुगेपछि जन्ति पस्केर भित्र लगे। खाना खाए पछि विवाहाका विधी पुजा
पाठ हुन थाल्यो र दुलहीसँगै एक ठाउ राखियो
। मसँगै आएकि उनले मेरो अनुहार हेरेकी थिइन । उनले लज्जाएर हेरको देख्दा आनन्द नै
लाग्थ्यो । अब भने बढी भयो झै लाग्यो र दुलही तिर ध्यान दिन थाले र दुलही प्रति
माया पलाउन थाल्यो । मैले सिन्दुर हाली दिए । केही छिन पछि सुनमाया पनि दाई भन्दै
नजिक आएर वसिन ।त्यहि बेला दुलहीले सुनमायालाई हेरिन । घुम्टो सबै फुकालेर हेर्न
थालिन। उनले हँ भन्ने आवाज सुरूमै निकालीन, सबैले त्यता तिर हेर्न थालेपछि फेरी
तिमी' भन्ने पनि आवाज निस्क्यो । उनले एक लहटले तर हेर्दा हेर्दै उनी त्यहि
अवस्थामा ढलिन्। एक्कासी रडाको मच्चिन थाल्यो । उनी होसबाट उठ्न सकिनन् ।संसारबाट विदा
लिइन । ठूलो संकटमा पर्यो । के गर्ने के गर्नु भयो । मेरा आँखाबाट आसु भरिए | नरुनी
कोही भएनन् । सबै कोलाहलमा थिए । विवाहाको
कुरा गर्दा होस बेहमा मै मैले सुनमायालाई एक्कासी सिन्दुर हाले र मैले मन थाम्न
सकिन ।बेहोस हुनुको कारण तत्काल बुझ्न सकिएन । सबै सोधखोज हुँदा उनिहरु दिदी बहिनी
भएको थाहा भयो । यसमा आँसु मात्र छ की हँसो पनि छ बुझ्न सकिन ।
No comments:
Post a Comment